

‘ए म त परदेशी’मा पोखियो परदेशी नेपालीको दसैँ पीडा



अर्घाखाँची । दसैँ नजिकिँदै गर्दा घर–आँगनमा चाडपर्वको रौनक छाउन थालेको छ । तर, रोजगारीका लागि वर्षौँदेखि विदेशमा रहेका नेपालीका लागि भने दसैँ खुसीभन्दा बढी घरपरिवारको सम्झना र पीडाको समय बन्ने गरेको छ । यही पीडा र भावनालाई समेटेर अर्घाखाँचीका परदेशी नेपालीले ‘ए म त परदेशी’ बोलको दसैँ गीत सार्वजनिक गरेका छन् ।
रोजगारीको सिलसिलामा हाल दुबईमा रहेका अर्घाखाँचीका विभिन्न स्थानका दाजुभाइ तथा दिदीबहिनीहरूको सहकार्यमा तयार भएको गीतमा परदेशी जीवनको दुःख, परिवारसँगको दूरी र चाडपर्वमा पनि घर फर्किन नसक्दाको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
‘परदेशले जीवन खायो’ भन्ने भाव बोकेको गीतका शब्द र लयले विदेशमा रहेका नेपालीको वास्तविक जीवनसँग जोडिएको अनुभूति दिन्छ । दसैँमा परिवारसँगै बसेर टीका–जमरा लगाउने रहर हुँदाहुँदै पनि रोजगारीका कारण परदेशमै बस्नुपर्ने बाध्यतालाई गीत र भिडियोमार्फत भावुक ढंगले चित्रण गरिएको छ ।
पूर्णराज बेल्बासेको शब्द तथा लय रहेको गीतमा बिमल पौडेल, शान्ता रानी परियार र राजेन्द्र बरालको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा सुरेन्द्र न्यौपाने, सम्झना खनाल, मनिषा खनाल र बासुदेव बस्नेतको अभिनय रहेको छ भने अनु शर्मा र खिमप्रसाद शर्माले समेत भूमिका निर्वाह गरेका छन् ।
गीतको क्यामेरा तथा निर्देशन लालबहादुर ढेंगा, एरेन्ज महेन्द्र भण्डारी र भिडियो सम्पादन मनोहर भण्डारीले गरेका छन् ।
परदेशी जीवनको संघर्ष, दसैँमा घर फर्किन नसक्दाको छटपटी र आफ्ना परिवारको सम्झनालाई केन्द्रमा राखिएको गीतले स्वदेशमा रहेका परिवार र परदेशमा रहेका नेपालीबीचको भावनात्मक दूरीलाई उजागर गरेको छ ।
गीत सार्वजनिक भएसँगै परदेशमा रहेका नेपालीमाझ यसको चर्चा बढ्दै गएको छ । विशेषगरी गीतका शब्द र भावनासँग आफूहरूको जीवन जोडिएको भन्दै धेरै परदेशी नेपालीले टिकटक तथा सामाजिक सञ्जालमा गीत प्रयोग गरेर भिडियोसमेत बनाउन थालेका छन् ।
दसैँको खुसीसँगै परदेशीका आँखामा लुकेको आँसु र मनमा दबिएको घर फर्किने चाहनालाई आवाज दिएको ‘ए म त परदेशी’ अहिले परदेशी नेपालीको साझा भावनाको गीतजस्तै बन्दै गएको छ ।
https://www.youtube.com/watch?v=3UX7XU0yZFc


खबर सबै
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा
-
चाडपर्वमा २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
भर्तापुर आधारभूत विद्यालयको सामाजिक परीक्षण सम्पन्न
-
लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै
-
स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै
-
स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
नव प्रभात सहकारीको २३औँ साधारणसभा : ४४ करोड बढी कारोबार, ५५ लाख खुद नाफा
-
देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबको रक्तदान, ५२ पिन्ट संकलन
-
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै







प्रतिक्रिया