

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय



सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै, नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै, बैठकले जापानको आइची नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय समेत गरेको छ ।
हिमालयन टेलिभ्वाइस


खबर सबै
-
कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
-
रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
-
एनपीएलका लागि फेरिँदै त्रिवि क्रिकेट मैदानको मुहार
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते
-
‘ए म त परदेशी’मा पोखियो परदेशी नेपालीको दसैँ पीडा
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा







प्रतिक्रिया