

कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित



कपिलवस्तुसहित पश्चिम तराईका विभिन्न जिल्लामा अविरल वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। एक साताअघि परेको अविरल वर्षा र हावाहुरीले बाँकेका विभिन्न स्थानमा धानबालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन हुन नपाउँदै बुधबार परेको ठूलो वर्षा र हुरीले पुनः धानबालीमा क्षति पुर्याएको छ।
बुधबार दिउँसो एक्कासि भएको भीषण वर्षा र हावाहुरीका कारण बाँकेका धेरै ठाउँमा पाक्नै लागेको धानबाली ढलेको छ भने केही स्थानमा काटेर राखिएको धान डुबानमा परेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले धान पाकेर भित्र्याउने बेलामा वर्षाले फेरि ठूलो क्षति पुर्याएको जानकारी किसानबाट प्राप्त भएको बताउनुभयो। उहाँका अनुसार डेढ साताअघि लगातार तीन दिन परेको वर्षा र हावाहुरीले धानबालीमा ठूलो क्षति पुर्याएपछि दुःखी बनेका किसानलाई बुधबारको वर्षा र हावाहुरीले थप पीडा दिएको छ।
बाँकेको राप्तीसोनारी, डुडुवा, जानकी र नेपालगन्जका विभिन्न स्थानमा धानबालीमा पुनः क्षति पुगेको जानकारी आए पनि क्षतिको यकिन विवरण सङ्कलन भइसकेको छैन। सूचना अधिकारी शर्माले दुवै पटकको वर्षा र हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो।
हावाहुरीसहितको वर्षाले पाकेको बिउ धानमा ठूलो क्षति पुर्याएको राप्तीसोनारीस्थित साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताउनुभयो। उहाँका अनुसार किसानले १५० बिघा क्षेत्रफलमा लगाएको बिउ धानमा पछिल्लो वर्षाले ठूलो क्षति पुर्याएको छ। धान स्याहार्ने बेलामा क्षति पुगेपछि आगामी वर्षका लागि धानको बिउ अभाव हुन सक्ने उहाँले बताउनुभयो।
साकार कृषि सहकारी संस्थाले बिउ धान खेतीका लागि किसानलाई बिउ वितरण गर्दै आएको छ। किसानले उत्पादन गरेको बिउ धान सहकारीलाई बिक्री गर्ने गरेका छन्। यस वर्ष पर्याप्त वर्षा भएका कारण धान राम्रो फले पनि स्याहार्ने बेलामा वर्षाले क्षति पुर्याएपछि समस्या भएको व्यवस्थापक वलीले दुःखेसो गर्नुभयो।


खबर सबै
-
कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
-
रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
-
एनपीएलका लागि फेरिँदै त्रिवि क्रिकेट मैदानको मुहार
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते
-
‘ए म त परदेशी’मा पोखियो परदेशी नेपालीको दसैँ पीडा
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा







प्रतिक्रिया