

स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित ‘१७औँ कपिलवस्तु महोत्सव’काे तयारी



महोत्सवलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने तयारी
साझाकुरा, कपिलवस्तु | महोत्सवमा दर्शकको भीड कति जुट्छ र व्यापारिक कारोबार कति हुन्छ भन्ने मात्र होइन, स्थानीय उत्पादनले कति बजार पाउँछ र जिल्लाको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई केन्द्रमा राख्दै १७औँ कपिलवस्तु महोत्सवको तयारी अघि बढाइएको छ।
महोत्सवलाई मनोरञ्जन र व्यापारिक गतिविधिमा मात्र सीमित नराखी स्थानीय उद्योग, कृषि, पर्यटन तथा उद्यमशीलता प्रवर्द्धनको साझा मञ्च बनाउने लक्ष्यसहित आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले सरोकारवालासँगको छलफललाई तीव्र बनाएको हो।
यसैक्रममा बिहीबार संघले वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, पूर्व पदाधिकारी र क्षेत्रगत उपसमितिका सदस्यहरूसँग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरेको छ। महोत्सवको आर्थिक स्रोत व्यवस्थापन, संस्थागत सहकार्य, प्रचारप्रसार र व्यवस्थापकीय जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको संघले जनाएको छ।
महोत्सव सफल बनाउन आयोजकको एकल प्रयासभन्दा निजी क्षेत्र, वित्तीय संस्था, व्यवसायी र विभिन्न संघसंस्थाको सामूहिक सहभागिता आवश्यक पर्ने भएकाले सबै पक्षलाई अपनत्व महसुस गराउने प्रयास गरिएको हो।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीको नेतृत्वमा भएको छलफलमा निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष विष्णु न्यौपाने, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, उपाध्यक्ष नारायण पौडेल र महासचिव नवदत्त घिमिरेलगायत सहभागी थिए।
छलफलमा महोत्सवलाई जिल्लाको आर्थिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिएको थियो। विशेषगरी स्थानीय उद्योगी, व्यवसायी, कृषि उद्यमी तथा उत्पादकका वस्तुलाई उपभोक्तासम्म पुर्याउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।
यसपटकको महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, कृषि तथा औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्ने, पर्यटनको सम्भावना उजागर गर्ने र जिल्लाको पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्याउने आयोजकको लक्ष्य छ।
यद्यपि, महोत्सवको वास्तविक उपलब्धि मनोरञ्जन, स्टल र दर्शकको संख्यामा मात्र सीमित नरही स्थानीय उत्पादकले पाउने बजार, व्यवसायीले गर्ने कारोबार र पर्यटन क्षेत्रमा सिर्जना हुने अवसरबाट समेत मापन हुनेछ। त्यसैले घोषित लक्ष्यलाई व्यवहारमा उतार्नु आयोजकका लागि मुख्य चुनौतीका रूपमा रहने देखिन्छ।
१७औँ कपिलवस्तु महोत्सव यही मंसिर १७ गतेदेखि २९ गतेसम्म बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रङ्गशालामा सञ्चालन हुँदैछ। महोत्सवमार्फत जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिलाई थप गति दिने आयोजकको अपेक्षा छ।


खबर सबै
-
पाल्पाको तिनाउमा आजदेखि सत्यवती मेला, चिच्याएर वर माग्नेको घुइँचो सुरु
-
मंसिर ७ देखि लक्ष्मणघाटमा पूर्णिमा मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम
-
प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने
-
बाणगंगाका बजार अब शनिबार बन्द हुने
-
क्यानले भन्यो- सिट क्षमता सीमित भएकाले टिकट छिट्टै ‘सोल्ड आउट’ भयो
-
एनपीएलको तेस्रो सिजनको फाइनलमा लुम्बिनी
-
बाणगंगाका बजार अब शनिबार बन्द हुने
-
क्यानले भन्यो- सिट क्षमता सीमित भएकाले टिकट छिट्टै ‘सोल्ड आउट’ भयो
-
एनपीएलको तेस्रो सिजनको फाइनलमा लुम्बिनी
-
जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित
-
१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य
-
एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया