

घट्दै कोदो खेती



गुल्मीमा निरन्तर कोदो खेती घट्न थालेको छ । बढ्दो बसाइँसराइ, युवाको विदेश पलायन र कोदो खेती झन्झटिलो हुँदा किसानको आकर्षण घट्दै गएको सरोकारवालाले जनाएका छन् ।
कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेका अनुसार गत वर्ष जिल्लामा गत वर्ष दुई हजार ९७५ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो तर यस वर्ष भने खेती घटेर दुई हजार ६८० हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।
उत्पादनको हिसाबले गत वर्ष तीन हजार ९३४ मेट्रिक टन कोदो उत्पादन हुँदा यस वर्ष घटेर तीन हजार ५३५ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । क्षेत्रफलको तुलनामा भने उत्पादन कम घटेको उहाँले न्यौपानेले बताउनुभयो । युवा जनशक्तिको अभाव तथा झन्झटिलो प्रव्रिmयाका कारण पनि खेती घटिरहेको उहाँको भनाइ छ ।
जिल्लामा किसानले ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो लगाउने गरेका छन् । यहाँका इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी, चन्द्रकोट कोदोको पकेट क्षेत्र मानिन्छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुरूप नेपालले २०७९ पुस १७ गते उक्त कार्यव्रmमको शुभारम्भ गरेको थियो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महìवपूर्ण खाद्यान्न बाली हो । पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो प्रतिकूल मौसममा पनि उपयुक्त बाली हो ।


खबर सबै
-
विदेशको पसिना, घरको व्यवस्थापन : परिवारलाई सिकाउँदै बुद्धभूमि
-
अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीयसहित ५ जना पक्राउ
-
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा, देशभरका नयाँ सङ्क्रमितमध्ये २५ प्रतिशत यहीँका
-
घट्दै कोदो खेती
-
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित ‘१७औँ कपिलवस्तु महोत्सव’काे तयारी
-
घट्दै कोदो खेती
-
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित ‘१७औँ कपिलवस्तु महोत्सव’काे तयारी
-
पाल्पाको तिनाउमा आजदेखि सत्यवती मेला, चिच्याएर वर माग्नेको घुइँचो सुरु
-
मंसिर ७ देखि लक्ष्मणघाटमा पूर्णिमा मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम
-
प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने







प्रतिक्रिया