

भर्तापुर आधारभूत विद्यालयको सामाजिक परीक्षण सम्पन्न



साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित श्री भर्तापुर आधारभूत विद्यालयले विद्यालयको वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा भर्तापुर आधारभूत विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मोतिकला पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक पुजा खनालको स्वागत मन्तव्य सहित प्रधानाध्यापक कमला बि.कले विद्यालयको वर्तमान भौतिक , सामाजिक तथा शैक्षिक सहित गत एक वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष कमल पौडेल, समाजसेवी नारायण खनाल, गोपाल गिरी सहित शुद्धोधन जनजीवन माविका प्रधानाध्यापक कौलेश्वर मिश्र, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसाललगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि समुदायका सबै संघ संस्था र व्यक्तिहरुको साझा कार्यक्रम आवश्यक रहेको बताएका थिए ।
कार्यक्रम विद्यालयका शिक्षक विष्णु पाण्डेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, अभिभावकहरु, कार्यरत शिक्षक कर्मचारी, विद्यार्थी लगाएत भर्तापुर टोलका सामाजिक संघ संस्थाका नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो ।
विद्यालयले भर्तापुर आधारभूत विद्यालयमा कार्यरत रहि हाल अन्य क्षेत्रमा रहनुभएका दुईजना शिक्षकहरुलाई पनि सम्मान गरेको छ ।


खबर सबै
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा
-
चाडपर्वमा २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
भर्तापुर आधारभूत विद्यालयको सामाजिक परीक्षण सम्पन्न
-
लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै
-
स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै
-
स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
नव प्रभात सहकारीको २३औँ साधारणसभा : ४४ करोड बढी कारोबार, ५५ लाख खुद नाफा
-
देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबको रक्तदान, ५२ पिन्ट संकलन
-
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै







प्रतिक्रिया