

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने



प्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिका पुगे पनि बालेनले त्यसलाई अनौपचारिक विदेश भ्रमण मानेका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गर्दै उनको भारत भ्रमणको मिति तय गरेका हुन् । श्रीवास्तव चार वर्ष तीन महिना कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदैछन् ।
स्वदेश फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । प्रधानमन्त्री शाह ७ र ८ मंसिरमा भारत जाने तय गरेर श्रीवास्तवको कार्यकाल सकिएको छ ।
‘उहाँको पालामा प्रधानमन्त्रीको भ्रमण तय भयो । सम्भवत: चाँडै भारतबाट नयाँ राजदूत नेपाल आउनेछन् र उहाँ प्रधानमन्त्रीको भ्रमण तयारीमा लाग्नुहुनेछ,’ भारतीय दूतावास स्रोतले भन्यो । राजदूत नयाँ दिल्ली पुगेपछि मंसिर ७ र ८ गतेको मिति प्रस्ताव गर्ने र त्यसलाई भारत सरकारले औपचारिकता दिएपछि दुवै देशका विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताइएको छ ।
रास्वपा सभापति रवि लामिछाने गत असारमा भारतको औपचारिक भ्रमणमा गएका थिए । उनलाई नयाँ दिल्लीले भव्य स्वागत गरेको थियो । त्यसयता भारतले बालेन भन्दा रविलाई महत्व दिन थालेको छ । त्यसैले गर्दा बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन गोप्य रूपमा नयाँ दिल्ली पुगेको चर्चा चलेको थियो ।
परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई बुधबार स्वदेश फर्किएका खनालले प्रधानमन्त्रीले छिट्टै भारत भ्रमण गर्ने र त्यो भ्रमण परिणामुखी हुने बताएका हुन् ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि दुवै देश सकारात्मक रहेको र तयारी पनि भइरहेको बताए । वर्तमान सरकार गठन भएलगत्तै भारतबाट भ्रमणको निम्तो आएको र दुवै पक्ष उपयुक्त समय तय गर्न लागिपरेको मन्त्री खनालले बताए ।


खबर सबै
-
नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध विमानस्थल, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा
-
निजामती कर्मचारीले प्रदर्शन र हडताल गर्न नपाउने
-
कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक पूर्ण रूपमा सुचारु
-
हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो
-
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
-
नेपालले साफ च्याम्पियनसिप गुमायो
-
हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो
-
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
-
नेपालले साफ च्याम्पियनसिप गुमायो
-
भैरहवामा साढे दुई करोड बढीका सुनका गरगहना बरामद
-
भोलिदेखि नेपालमा आईफोन १८ प्रो सिरिज बिक्री हुँदै, ०% ईएमआईदेखि २५ लाख नगद उपहारसम्मका अफर
-
इसराइल उडेको विमानमा दुई पाइलटबीच कुटाकुट, साउदीमा आकस्मिक अवतरण







प्रतिक्रिया