

हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो



मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये आज आठ जनाको शव भेटिएको छ ।
बिहान चार जनाको शव भेटिएकोमा दिउँसो फेरि चार जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
यसअघि हिजोसम्म सात जनाको शव भेटिएको थियो । अब हिम्लुङ हिमपहिरोमा परेर ज्यान गुमाउनेकाे सङ्ख्या १५ जना पुगेको छ । एक जना अझै हराइरहेका छन् ।
मनाङको नार्पाभूमि गाउँपालिका–५ मा रहेको हिम्लुङ हिमालको आधार शिविरमा असोज ११ गते अर्थात् गएको आइतवार बिहान हिमपहिरो आएको हो । खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटिएको छ ।


खबर सबै
-
नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध विमानस्थल, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा
-
निजामती कर्मचारीले प्रदर्शन र हडताल गर्न नपाउने
-
कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक पूर्ण रूपमा सुचारु
-
हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो
-
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
-
नेपालले साफ च्याम्पियनसिप गुमायो
-
हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो
-
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
-
नेपालले साफ च्याम्पियनसिप गुमायो
-
भैरहवामा साढे दुई करोड बढीका सुनका गरगहना बरामद
-
भोलिदेखि नेपालमा आईफोन १८ प्रो सिरिज बिक्री हुँदै, ०% ईएमआईदेखि २५ लाख नगद उपहारसम्मका अफर
-
इसराइल उडेको विमानमा दुई पाइलटबीच कुटाकुट, साउदीमा आकस्मिक अवतरण







प्रतिक्रिया