

लुम्बिनीसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान


हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भूभाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।


खबर सबै
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
लुम्बिनीसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा
-
रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो
-
आयात बढे पनि भान्छामा ग्यास अभाव: समस्या आपूर्तिमा कि वितरणमा?






प्रतिक्रिया