

करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–६ मा पानी तान्ने मोटरबाट करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी आयुस्मालाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया