

कपिल प्रज्ञा पुस्तकालयको सातौँ वार्षिक साधारणसभा सम्पन्न



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित कपिल प्रज्ञा पुस्तकालयको सातौ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
कपिलवस्तुको साहित्यिक क्षेत्रको विकास र संरक्षणका लागि सक्रिय संस्था कपिल प्रज्ञा पुस्तकालयले आफ्नो वार्षिक साधारणसभा कपिलधाम स्थित प्रतिष्ठानको भवनमा सम्पन्न गरेको हो ।
सो साधारणसभामा संस्थाका अध्यक्ष इन्द्रबहादुर कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत तथा लेखा प्रतिवेदन प्रस्तुतसँगै विभिन्न क्षेत्रका साहित्यकार तथा कविहरुले आफ्ना रचना वाचन पनि गरेका थिए ।
कार्यक्रममा बाणगंगा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बालाराम ज्ञवालीले मानव सर्वश्रेष्ठ प्राणी रहेकोले मानव जातिको ज्ञान पुस्तकमा रहने हुँदा पाठकहरुलाई पुस्तक अध्ययन गरि क्षमता विकास गर्न आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषि आजाद, साहित्यकार हरिराज शर्मा, लेखनाथ घिमिरे, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोख्रेल लगाएतले सम्बोधन गरेका थिए ।
उनीहरुले पछिल्लो समय डिजिटन माध्यमका कारण पुस्तक पढ्ने र त्यसप्रति लगाव राख्ने मानिसहरुको संख्यामा कमी देखिएकाले पुस्तकालय र यसको गरिमालाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए ।
यस पुस्तकालयमा धार्मिक, साहित्यिक, स्वास्थ, योग लगाएत विभिन्न विषय सम्बद्ध २५ सय थान पुस्तक रहेको पुस्तकालयका अध्यक्ष कोइरालाले बताएका छन् ।


खबर सबै
-
कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
-
रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
-
एनपीएलका लागि फेरिँदै त्रिवि क्रिकेट मैदानको मुहार
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते
-
‘ए म त परदेशी’मा पोखियो परदेशी नेपालीको दसैँ पीडा
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा







प्रतिक्रिया