

भोलिबाट पश्चिमी वायु थप सक्रिय हुँदै, यी स्थानमा हुनेछ आज वर्षा



देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको हो ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघर्गन, असिना र वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ र असिनासहित मध्यम वर्षासँगै हिमपातको सम्भावना छ ।
कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङ तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
विभागले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी तराई भूभागमा आंशिक बादल रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित असिना पानी पर्नेछ । साथै मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ ।
वाग्मती र कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।
यसैबीच, पश्चिमी वायु पुनः थप सक्रिय हुँदै छ । शुक्रबार र शनिबार पश्चिम वायु पुनः थप सक्रिय हुँदा सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म हावाहुरी, असिना पानी र उच्च हिमाली क्षेत्रमा हिमपातको बलियो सम्भावना रहेको जलवायुविज्ञ धर्मराज उप्रेती बताउँछन् ।
पश्चिमी वायुको प्रभाव भारतको दिल्लीमा भने बुधबारदेखि नै देखिइसकेको छ । यो प्रणाली बिस्तारै नेपालतिर सर्दै आज साँझसम्म सुदूरपश्चिममा आइपुग्नेछ । यसको मुख्य प्रभाव शुक्रबार र शनिबार पर्ने उप्रेतीको भनाइ छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया