

अर्घाखाँचीका ३७ मतदानस्थल ‘अति संवेदनशील’



अर्घाखाँची । प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्लाको २ सय ९ मतदान केन्द्रका १ सय १ मतदानस्थल रहेका छन् ।
जसमध्ये ३७ मतदान स्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए ।
‘जहाँ भौगोलिक जटिलताका मतदान स्थल छन्, ती अति संवेदनशीलमा राखिएको छ,’ उनले भने, ‘त्यस्ता स्थल शितगंगा नगरपालिकाको सिद्धारा, सिमलपानी, जलुके लगायतका ठाउँका रहेका छन् । सदरमुकाम र सहज यातायातको पहुँच, भौगोलिक सहजता भएका स्थलहरू सामान्यमा राखिएको छ ।’
शितगंगाका अधिकांश क्षेत्रका बस्तीहरू छरिएर रहेको, घरभन्दा जंगल क्षेत्र धेरै छ । जहाँबाट घण्टौं पैदल हिँडेर मतदाता मतदान स्थलमा पुगेर भोट हाल्दै आएका छन् । सबै मतदान केन्द्रमा घुमेर मतदातालाई सहजै रूपमा ढुक्कसँग घरबाट मतदान केन्द्रमा पुगेर आफूले इच्छाएको उम्मेदवारलाई मतदान गर्ने वातावरणको लागि थप सुरक्षा रणनीति अपनाउने उनले बताए ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा







प्रतिक्रिया