

अर्घाखाँचीका ३७ मतदानस्थल ‘अति संवेदनशील’



अर्घाखाँची । प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्लाको २ सय ९ मतदान केन्द्रका १ सय १ मतदानस्थल रहेका छन् ।
जसमध्ये ३७ मतदान स्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए ।
‘जहाँ भौगोलिक जटिलताका मतदान स्थल छन्, ती अति संवेदनशीलमा राखिएको छ,’ उनले भने, ‘त्यस्ता स्थल शितगंगा नगरपालिकाको सिद्धारा, सिमलपानी, जलुके लगायतका ठाउँका रहेका छन् । सदरमुकाम र सहज यातायातको पहुँच, भौगोलिक सहजता भएका स्थलहरू सामान्यमा राखिएको छ ।’
शितगंगाका अधिकांश क्षेत्रका बस्तीहरू छरिएर रहेको, घरभन्दा जंगल क्षेत्र धेरै छ । जहाँबाट घण्टौं पैदल हिँडेर मतदाता मतदान स्थलमा पुगेर भोट हाल्दै आएका छन् । सबै मतदान केन्द्रमा घुमेर मतदातालाई सहजै रूपमा ढुक्कसँग घरबाट मतदान केन्द्रमा पुगेर आफूले इच्छाएको उम्मेदवारलाई मतदान गर्ने वातावरणको लागि थप सुरक्षा रणनीति अपनाउने उनले बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया