

प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?


कपिलवस्तु । कपिलवस्तुमा ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा बढी कपिलवस्तु क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दिएका छन् । यहाँ एक लाख १८ हजार ४०४ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, एक लाख ४७ हजार ६५९ मतदाता रहेको क्षेत्र नम्बर १ मा ३४ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं २ मा पनि २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ एक लाख ३० हजार २०२ मतदाता छन् ।
एक लाख १८ हजार ४०४ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरि, कपिलवस्तुमा प्रतिनिधी सभा सदस्यको उम्मेद्वारका लागि परेका ९८ जना सदस्यहरुमा महिला प्रतिनिधित्व शून्य प्रायः रहेको छ ।
क्षेत्र नम्बर १ मा ३४ जनाको उम्मेद्वारी पर्दा मात्र दुईजना महिला सदस्यहरुले उम्मेद्वारी दिनुभएको छ । जसअन्र्तगत, राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट नुमा बिक र स्वतन्त्र उम्मेद्वार कैसर जहाँ भन्ने सकिना मुस्लिमको उम्मेद्वारी परेको छ ।
यता, क्षेत्र नम्बर २ मा २८ जनाको उम्मेद्वारी दर्ता हुँदा मात्र दई जना महिला प्रतिनिधीत्व सामेल भएको छ । जस्मा, राष्ट्रिय मुक्ती पार्टी नेपालका जामवन्ती भुज, राष्ट्रिय जनमोर्चाका लक्ष्मी कुमारी भण्डारीको उम्मेद्वारी परेको छ ।
क्षेत्र नम्बर ३ मा भने महिला प्रतिनिधित्व शुन्य देखिएको छ । जहाँ ३६ जना नै पुरुषको आधिपत्य जमेको देखिएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया