

निशुल्क स्वास्थ्य शिविरमा १५० बढि महिलाहरुले लिए सेवा

वाणगंगा नगरपालिका वडा नं. ९ मा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न शिविरबाट १सय ५१ जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच तथा भिडियो एक्स–रे सेवासहित महिलारोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी आफ्नै घरआँगनमै विशेषज्ञ चिकित्सकमार्फत सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष कमल पौडेलले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सहयोग पु¥याउने दाता कृष्ण बहादुर कुवरप्रति आभार व्यक्त गर्दै, वाणगंगा–९ लाई छनोट गरी समुदायमै आएर सेवा उपलब्ध गराइनु अत्यन्तै सराहनीय कार्य भएको बताउनु भएको थियो । यस्ता शिविरहरूले समयमै रोग पहिचान र उपचारमा ठूलो योगदान पुग्ने उहाको भनाइ थियो ।
सहयोगी कृष्ण बहादुर कुवरले नगरमा आफुले विभिन्न समाजिक, शिक्षा,स्वास्थ र धार्मिक क्षेत्रमा सहयोग गरी आएको बताउनु भएको थियो ।
शिविर कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसालको अध्यक्षतामा एबम कोषाध्यक्ष माधुरी सेन वलीको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव सुस्मा क्षेत्रीले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेकी थिइन् ।
स्वास्थ्य शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ डा. जागृति खनाल र वरिष्ठ रेडियोलोजिस्ट डा. अञ्जन कोइरालाले सेवा प्रदान गरेका थिए । शिविरमा विशेषगरी महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
अध्यक्ष कुन्तामणि भुसालले वाणगंगा–९ मा आयोजित १ दिने निःशुल्क स्वास्थ्य शिविरबाट १सय ५१ जनाले प्रत्यक्ष लाभ लिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
स्थानीय बासिन्दाहरूले गाउँमै विशेषज्ञ सेवा पाउँदा खुशी व्यक्त गर्दै आयोजक तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया