कपिलवस्तुमा स्कुल बस पल्टिँदा ७ जना विद्यार्थी घाइते


कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडक खण्डमा सोमबार बिहान स्कुल बस पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन्।
बिहान करिब ९:१० बजे फुलिकाबाट बगदीतर्फ आउँदै गरेको इन्धनबाट चल्ने लु १ क ५७२२ नम्बरको सनलाईट इङ्लिस बोर्डिङ स्कुल (सुद्धोधन गाउँपालिका–१, बगदी) को विद्यार्थी बोकेको बस सडकमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा मायादेवी गाउँपालिका–३ खैरेटी बस्ने १२ वर्षीय प्रान्सु पाल (मुखमा चोट), १४ वर्षीया अनिता बराई, ११ वर्षीय विशेष थारु (अनुहारमा सामान्य चोट), ८ वर्षीय अमन यादव, ८ वर्षीय सुदिप यादव, टिकौली बस्ने १० वर्षीया आइसा भट्टराई र सिमरौटी बस्ने १४ वर्षीया गुन्जा कहार रहेकी छन्। गुन्जा कहारको टाउकोमा भित्री चोट लागेको जनाइएको छ।
घाइते सबै विद्यार्थीको अवस्था सामान्य रहेको र आवश्यक उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

खबर सबै