
निर्वाचन नजिकिँदै कपिलवस्तुमा सुरक्षा कडा, जिल्लाभर विशेष प्रहरी योजना लागू

आगामी निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ। शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यसहित जिल्लाभर विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार निर्वाचन अवधिभर कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता उच्च बनाइएको छ। नागरिकलाई ढुक्क भएर मतदान गर्न सक्ने वातावरण सिर्जना गर्नु प्रहरीको मुख्य प्राथमिकता रहेको उहाँले बताउनुभयो।
शान्ति सुरक्षालाई प्रभावकारी बनाउन लामो तथा छोटो दूरीका पैदल गस्ती बढाइएको छ। साथै, मुख्य बजार क्षेत्र, संवेदनशील स्थान र भीडभाड हुने सार्वजनिक क्षेत्रहरूमा सिसिटिभी क्यामरामार्फत निगरानी थप कडा पारिएको छ।
जेन–जी आन्दोलनपछिको सुरक्षा अवस्थालाई गम्भीर रूपमा मूल्याङ्कन गर्दै विशेष रणनीति अपनाइएको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा कपिलवस्तु कारागारबाट फरार भएका ४३० कैदीबन्दीमध्ये हालसम्म ३०९ जनालाई नियन्त्रणमा लिइसकिएको छ। बाँकी फरार व्यक्तिहरूको खोजी कार्य तीव्र गतिमा अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।
प्रहरीले सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि, सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने प्रयास तथा समाजमा अशान्ति सिर्जना गर्न खोज्ने समूहहरूमाथि विशेष निगरानी राखेको छ। शान्ति सुरक्षामा असर पुर्याउने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।
यसैबीच, जिल्लामा १८ वटा मतदान केन्द्र थपिँदा कुल मतदान केन्द्र संख्या ४९० पुगेको छ। मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको र संवेदनशील तथा अति संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया