साना किसान सहकारी कोपवाको १२औं साधरणसभा, ७ करोड बढिको बजेट प्रस्तुत


रामबहादुर गन्धर्व, कोपवा | कपिलवस्तुको बाणगङ्गा नगरपालिका ५ कोपवास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२औं साधरणसभा सम्पन्न भएको छ । शुक्रबार आयोजना गरिएको कार्यक्रममको साना किसान कृषि सहकारी संघका केन्द्रीय सञ्चालक समिति सदस्य सदस्य पदमप्रसाद खनालले उदघाटन गरे।

सोही अवसरमा बोल्दै उनले संस्थालाई चलायमान बनाउन सबैले खबरदारी गर्नुका साथै सहकार्य ,सहयोगको आवश्यक रहेको बताए ।

त्यस्तै मोतिपुर साना किसानका संस्थापक अध्यक्ष भिमप्रसाद सापकोटा ,ज्येष्ठ नागरिकका डिल्लीराज अर्यालले बोल्दै संस्थाको गतिविधि बारे प्रशंसा गर्दै कृषि कर्ममा अग्रसर भई आत्मनिर्भर बन्दै बचत गर्ने बानीको बिकास गर्न सबैलाई सुझाए ।

साधरणसभामा संस्थाकी अध्यक्ष मालिका पोख्रेलले बार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै भावि योजना अघि सारिन भने लेखा समिति सदस्य बिष्णु ज्ञावलीले सहकारीमा ९सय ९२जना शेयर सदस्य रहेको जानकारी गराउदै ७ करोड ६७ लाख ४१ हजार ३८४ रूपैयाँ बराबरको आय–ब्याय सार्वजनिक गरिन ।

यसैबीच संस्थाले उत्कृष्ट बचतकर्ता ,असल पशु पनलक,बालबचत ,असल ऋणीहरूलाई नगद झोलाकपी बाल्टी हस्तान्तरण गरि सम्मान गरेको छ ।भने समूहका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला र हर्लिक्स प्रदान गरिएको थियो ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको कार्यक्रम वेदप्रकास पौडेलको स्वागत तथा रोमा खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै