

नेपाल कम्युनिस्ट पार्टी दाङबाट मेटमणिसहित यी उम्मेदवार सिफारिस





दाङ | नेपाली कम्युनिष्ट पार्टी दाङले आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य तर्फ (प्रत्यक्ष तर्फ) को क्षेत्र नम्बर १ बाट बिघठित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको नाम एक नम्बरमा सिफारिस गरिएको छ। चौधरी पूर्व एकीकृत समाजवादीका नेता हुन्।
त्यसपछि रोल्पाबाट प्रतिनिधित्व गर्ने र पूर्वनेकपा (माओवादी केन्द)बाट लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री भएका कुलप्रसाद केसीको नाम दुई नम्बरमा सिफारिस गरिएको छ।
त्यसपछि क्रमिक रुपमा सुदनप्रसाद खनाल (युवा), अमर कवर, दिलिपकुमार सोनी (नवयुवा), दिपा रोका मगर, लुमबहादुर कार्की र अन्तिममा नेकपा (माओवादी केन्द्र)बाट पूर्वमन्त्री भएका तथा लुम्बिनी प्रदेशका सदस्य तथा इन्द्रजित थारुको नाम सिफारिस गरिएको छ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट पूर्व नेकपा (माओवादी केन्द्र) का नेता निर्मल आचार्यको नाम एक नम्बरमा सिफारिस गरिएको छ।
आचार्यपछि पूर्वमाओवादी केन्द्रकै हेमराज शर्मा पोखरेल (डाइमण्ड) को नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ ।
त्यसपछि क्रमिक रुपमा कबिराम केसी (युवा), खिमबहादुर चौधरी, मिना बुढा र गिरबहादुर महरा (नवयुवा) को नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ ।
जिल्ला कार्यदल सदस्यहरु तथा पूर्वनेकपा (माओवादी केन्द्र)का संयोजक हरिमान पुन र पूर्व नेकपा (एकीकृत समाजवादी)का जिल्ला संयोजक भूपबहादुर केसीका अनुसार दाङको निर्वाचन क्षेत्र नं. ३ मा पूर्व नेकपा (माओवादी केन्द्र)बाट लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री भइसकेका र हाल प्रदेशसभा सदस्य रहेका धनबहादुर मास्कीको नाम एक नम्बरमा सिफारिस गरिएको छ ।
त्यसपछि मधुकर रिजाल, पुनम सेर्पाइली, नरेश रेग्मी ( युवा) , वाइसियका केन्द्रीय अध्यक्ष पुष्प ओली (युवा) , बिरेन्द्र बिक (युवा), बिप्लव ओली (नवयुवा), गोपाल ओली, हरिश गिरी (युवा) को नाम प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।
पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्लाबाट सम्मानार्थ सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टीले जानकारी दिएको छ।
नेपाली कम्युनिष्ट पार्टीले जिल्ला बाट राष्ट्रिय सभा सदस्य पदका लागि १ जना बीरबहादुर खत्रीको मात्रै नाम सिफारिस गरेको छ। पूर्व नेकपा (एकीकृत समाजवादी) का उनी दाङको लमहीका बासिन्दा हुन्।
पूर्व नेकपा (केन्द्र माओवादी)ले दाङ बाट सिफारिस गरेका समानुपातिक उम्मेदवार साबिक नेकपा (माओवादी केन्द्र) ले दाङ बाट समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ।
दाङबाट महिला मगर जनजाती तर्फमा भीमकुमारी बुढामगर, थारु अपाङ्गतातर्फ रामबहादुर दहित, खसआर्य तर्फ शेषुराम भण्डारी, थारु पुरुषतर्फ प्रकाश चौधरी, जनजाती पुरुषतर्फ उदय जिएम, दलित महिला तर्फ पुनम शेरपाइलीको नाम सिफारिस गरेको छ।
त्यस्तै खसआर्य घाइतेतर्फ ईश्वरी पाण्डे, मधेसी पुरुषतर्फ मिश्रीलाल गुप्ता, अल्पसंख्यक/लोपोन्मुखतर्फ लिला कुमाल, खसआर्य महिला तर्फ गंगा पाण्डे, मुस्लिम पुरुष तर्फ कुत्बुद्धिन फारुकी, दलित घाइते पुरुष तर्फ चुडामणि नेपाली , महिला शहिद परिवार तर्फ सुशीला चौधरी र नवयुवा शहिद परिवारतर्फ एमेशन चौधरी सहित १४ जनाको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको साविक नेकपा (माओवादी केन्द्र)का सचिव विश्वराज आचार्यले बताए।
उक्त पार्टीका साबिक जिल्ला सचिव आचार्यले पार्टी एकतापछि नेपाली कम्युनिष्ट पार्टीको जिल्लामा संगठनिक संरचना पूर्ण नभएको हुँदा कार्यदल मार्फत पार्टीको आन्तरिक कामकाज गरिरहेकाले पार्टीको केन्द्रीय सुझाव अनुसार पार्टी एकतामा गाभिएका सबै कम्युनिस्ट घटकहरुले आ–आफ्नो तर्फबाट समानुपातिक उम्मेदवारको नाम सिफारिस गरिएको बताए।
पछिल्लो एकतामा सामेल भएका सबै दलहरुले उम्मेदवारको नाम आफ्नै पूर्ववत संरचनामा सिफारिस गर्ने भएका छन्।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया