

कपिलवस्तुमा ट्राफिक प्रहरी : सवारीसाधन कारबाहीबाट पाँच महिनामा ३७ लाख बढी राजश्व सङ्कलन


कपिलबस्तु | जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले चालु आर्थिक वर्ष ०८२-०८३ को पाँच महिनाको अवधिमा ३७ लाख २८ हजार राजश्व सङ्कलन गरेको छ । उक्त रकम ३ हजार ५६२ सय ट्राफिक नियम उल्लघन गर्ने सवारीसाधन कारबाहीबाट सङ्कलन गरिएको छ । ट्राफिक प्रहरी कार्यालयले साउन देखि मङ्सिरसम्म सो राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका अनुसार साउनमा ९६४ सवारी कारबाहीबाट ९ लाख ७३ हजार पाँच सय, भादौमा ७ सय ९० सवारी कारबाहीबाट ८ लाख ८० हजार असुली भएको छ । त्यस्तै असोज महिनामा ५ सय सवारी कारबाहीबाट ५ लाख २३ हजार पाँच सय र कात्तिक महिनामा ५ सय १२ सवारी साधन कारबाहीबाट ४ लाख २४ हजार पाँच सय रजश्व असुली गरिएको ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनु भयो । त्यस्तै मङ्सिर महिनामा ७ सय ९६ सवारी साधन कारबाहीबाट ८ लाख २६ हजार पाँच राजश्व असुली गरिएको प्रहरी निरीक्षक ढकालले बताउनु भयो ।
जिल्लाको चन्द्रौटा, कृष्णनगर, तौलिहवा, गोरुसिङ्गे ४ नं. जितपुर, पिपरा र पकडी लगायत स्थानबाट राजस्व सङ्कलन गरिएको उहाँले बताउनु भयो । जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा ओभरलोड, सिट क्षमता विपरित सवारी साधन सञ्चालन, मा.प.से. गरि सवारी सञ्चालन, लाइसेन्स नबोकि सवारी सञ्चालन लगायत सवारी सञ्चालन गरेका उहाँहरू कारबाहीमा परेको प्रहरी निरिक्षक ढकालको भनाइ छ ।
कारबाहीमा सबैभन्दा बढी मालबाहक ट्रक, मोटरसाइकल, जिपकार, बस, टेक्टर लगायत रहेको जिल्ला कार्यालयले जनाएको छ ।
राजमार्गमा सञ्चालन हुने साना ठुला सवारी साधनका चालक, परिचालक तथा यात्रुहरूलाई सवारी चलाउँदा, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण एवम् विद्यार्थीले सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधनीको बारेमा विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरीएको गरिँदै आएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया