

चिसो बढेसँगै कोइलीचौर सामुदायिक वनले दियो चोकचोकमा दाउरा



कपिलवस्तु | चिसो र शीतलहरको प्रकोपसँगै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा सामुदायिक वनले चोकचोकमा दाउरा वितरण गरेको छ । वडा नम्बर ९ भर्तापुर स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले चोकचोकमा दाउरा वितरण गरेको हो ।
आसन्न शीतलहर र बढ्दो चिसोबाट उपभोक्तालाई सुरक्षित राख्न पूर्व तयारी स्वरुप यो कार्य गरिएको वनका अध्यक्ष कुन्तामणी भुसालले जानकारी दिए । चिसोबाट बच्न सर्वसाधारणका लागि वनले आफ्ना उपभोक्तालाई पायक पर्ने मुख्यमुख्य चोकहरूमा दाउरा वितरण गरेको उनले बताए ।
पुष लागेसँगै कपिलवस्तुसहित तराइका जिल्लामा चिसो बढेको छ भने कतिपय स्थानमा शितलहर नै चलेको छ । जसका कारण जनजीवन कष्टकर बनेको भन्दै सामुदायिक वनले वन उपभोक्ताहरुको सहजताका लागि भर्तापुर र भर्लाबासमा गरी ४५ स्थनमा पहिलो चरणका लागि काठ दाउरा वितरण गरेको हो ।
चोकचोकमा दाउरा बालेर आगो ताप्न सहज होस भन्नका लागि यस्तो कार्य गरिएको कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया