



१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष

राजेन्द्र खनाल, जितपुर | मेला र महोत्सवले जिल्ला तथा पालिकाहरुमा मेलामय रौनकता बढिरहेका बेला कपिलवस्तुको जितपुर स्थित बुद्ध रंगशालामा संचालित १६ औँ कपिलवस्तु महोत्सव बच्चादेखि बृद्धबृद्धा सम्मको सारथी बनेको छ । मेला स्थलमा बच्चा देखि बृद्धबृद्धा सम्मका सबै उमेर समुहका नागरिकहरुलाई भिन्न भिन्न सुविधा र सेवा दिएका कारण यो मेलालाई सबैको सारथीको रुपमा हेरिएको हो ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा यहि मंसिर १८ देखि सुरु भएको १६ औँ कपिलवस्तु महोत्सव एवं कृषि पर्यटन तथा औधोगिक प्रदर्शनी २०८२ पुष १ गते सम्म चल्ने गरी संचालनमा छ । यो मेलामा विभिन्न कलाकृति, घरेलु उद्यमका वस्तुहरुको व्यापार तथा प्रदर्शनी, कृषि सामग्रीको प्रदर्शनी तथा कृषक परामर्श जस्ता विभिन्न स्टलहरुले सम्बद्ध सेवाक्षेत्रका नागरिकहरुलाई भरपुर जानकारी दिइने व्यवस्था मिलाइएको छ । मेलामा पुग्ने नागरिकहरुले प्रवेशद्धारमै प्रसिद्ध जानकी मन्दिरको झलक महशुस गर्ने गरी प्रवेशद्धार र जानकरी मन्दिरको भित्तेपोष्टरले थप रौनकता थपेको छ । यसपछि सुरु हुने शैक्षिक संस्थाहरुका स्टलमा यहाँका विभिन्न इनिस्टीच्युटका जानकारीमुलक सामग्रीहरु राखिएको छ भने घरको उद्यान सजावटका लागि नर्सरी, बाणगंगा नगरपालिका कृषि विकास शाखाबाट कृषि उत्पादन र कृषक परामर्शका लागि स्थल राखिएको छ । त्यस बाहेक मेलामा घरेलु तथा साना उद्योग महासंघबाट उत्पादित विभिन्न वस्तुहरुको बजारीकरण गरिएको छ । जहाँ सिस्नु र गाँजाबाट बनाइएका पोशाक र कपडाहरु पाउन सकिन्छ । विभिन्न परम्परागत घरेलु नापतौलका सामान, नेपाली कलासंस्कृतिका बाद्यवादनका वस्तुहरु, घरेलु उत्पादनमा विभिन्न परिकारका अचारलगाएतका सामग्रीले १६ औँ कपिलवस्तु महोत्सवमा स्टलमार्फत प्रदर्शनी तथा बजारीकरण गरिरहेका छन् । यसबाहेक नियमित पोशाक तथा अन्य वस्तु पनि यहाँ राखिएको छ ।
मेलास्थलमा स्तनपान कक्ष
यस अघिका कुनै पनि मेला महोत्सवहरुमा कहि कतै नभेटिने स्तनपान कक्ष यसपटक पहिलो पटक १६ औँ कपिलवस्तु महोत्सवमा राखिएको छ । काखमा दुधे बालक लिएर महोत्सव स्थलमा पुग्ने आमाहरुले खुला स्थानमै स्तनपान गराउनुपर्ने बाध्यतापूर्ण दृश्य यसपटक १६ औँ कपिलवस्तु महोत्सवमा भने नहुने भएको हो ।
मेला महोत्सवमा स्तनपान कक्षको अभाव, महिलाहरुलाई सास्ती शिर्षकको समाचार अघिका अंकमा प्रकाशित गरेपछि समाचारको प्रभावका कारण आयोजक संस्थाले यसपटक महोत्सव स्थलमै स्तनपान कक्षको व्यवस्था मिलाएको हो । जुन कार्यलाई सर्हानीय कार्यका रुपमा हेरिएको छ । आमाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउनु परेमा यहाँ निशुल्क स्तनपान कक्षको सुविधा लिन सक्ने गरी मेला स्थलमै स्टलको व्यवस्था मिलाइएको आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीले जानकारी दिएको छ । कार्यक्रम स्थलको ठिक अगाडी स्तनपान कक्षको व्यवस्था मिलाइएको हो ।

ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि
१६ औँ कपिलवस्तु महोत्सव एवं कृषि पर्यटन तथा औधोगिक प्रदर्शनी २०८२ मा यसपटक बाणगंगा वेलफेयर सोसाइटीले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको सुविधा दिएको छ । मेला अवलोकनमा सबै नागरिकहरुको पहुँच पुग्ने गरी आयोजकले उमेरले पाका तथा अनुभवले निखारिएका ज्येष्ठ नागरिकहरुलाई प्रवेश शुल्क फ्रि गरेको हो ।
समान्य तर्फ आयोजकले ८० रुपैँयाको टिकट व्यवस्था मिलाइएको छ भने विद्यार्थी कार्ड हुनेहरुलाई रु ५० मा टिकट दिने गरिएको छ ।
बाणगंगा नगरपालिका वडा नबर २ बैरियाका ७९ वर्षीय ऋषिराम न्यौपानेले आफुले मेला स्थलमा प्रवेश गर्दा स्वास्थ्य बिमाको कार्ड देखाएर प्रवेश पाएको बताए । उनले आयोजकले आफूहरु जस्ता बुढाबुढीलाई निःशुल्क प्रवेश दिएकोमा खुसी पनि व्यक्त गरे । बुढेसकालमा आफ्नै ठाउँमा लाग्ने मेला तथा महोत्सवहरुमा ज्येष्ठ नगारिकहरुपनि निःशुल्क प्रवेश पाउने व्यवस्था पनि यो नौलो हो । १६ औँ कपिलवस्तु महोत्सव सबैको महोत्सव बनाउने उद्देश्यले यो व्यवस्था गरिएको बाण्ग्ांगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले बताए ।

युवा र वयस्कको रोजाई बन्यो “स्नो सीटी”
पहिलो पटक कपिलवस्तुमा भित्राइएको स्नो सीटी १६ औँ कपिलवस्तु महोत्सवमा धेरैको रोजाइको केन्द्र बनिरहेको छ । मेला आयोजनाको तेस्रो दिन सम्म आइपुग्दा उमेर समुहका हिसाबले युवा र वयस्क व्यक्तिहरुलाई मेला स्थलमा तयार पारिएको स्नो सीटी बढी रोजाईको केन्द्र बनिरहेको छ ।
खासगरी हिमाली क्षेत्रमा हिउँले सेताम्मे हुने दृश्यको कृत्रिम स्वरुप पहिलो पटक १६ औँ कपिलवस्तु महोत्सवमा राखिएको छ । जहाँ मेला स्थलमा पुग्नेहरुले टिकट लिएर त्यसको अवलोकन गर्न पाउने छन । विभिन्न घरका आकृतिहरु, हिउँको स्वरुप र हिमाली दृश्यले सजावट गरिएको स्नो सीटीमा युवायुवतिहरु दखि वयस्क महिला पुरुषहरुले आनन्द लिइरहेका हुन्छन् । महोत्सव तथा मेलामा पहिलो पटक देखिएको स्नो सीटी १६ औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षण बनिरहेको हो ।

यसैबीच १६ औँ कपिलवस्तु महोत्सव स्थलमा बालबालिकाहरुलाई मनोरञ्जन र खेलकुदका विभन्नि सामग्रीहरु राखिएको छ भने मेला स्थलमा विभिन्न जातजातिका भान्छाघर, होटल, रेस्टुरेन्ट पनि राखिएको छ ।
महोत्सवको सुरुवाती चरणबाटै दर्शकहरुले पनि राम्रो साथ दिइरहेका छन् । १६ औँ कपिलवस्तु महोत्सव पुष १ गते सम्म संचालन हुने छ ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया