

माैसम : पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना



काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी , कर्णाली र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, कोशी र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया