

पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित, प्लेअफ सम्भावना जिवितै


लुम्बिनी लायन्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।
१५१ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य सफलतापूर्वक पूरा गर्यो ।
लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ४० रनको योगदान दिए। उनलाई विकेटकिपर निरोशन डिकवेलाले आक्रामक शैलीमा २२ बलमा ३७ रन जोडेर बलियो साथ दिएका थिए। सुरुवाती विकेटहरू सस्तैमा गुमे पनि डिकवेलाको तीव्र गति र रोहितको संयमित प्रदर्शनले टोलीलाई जितको आधार बनाइदियो। मध्यक्रममा सन्दीप जोराले २५ तथा गुल्बदिन नैबले ११ बलमा १७ रन जोडेर टिमलाई जित नजिक पुर्याएका थिए।
त्यसअघि लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन जोडेको थियाे ।
पोखरा एभेन्जर्सको इनिङ्समा विदेशी खेलाडी एडम रोसिङ्टन र जिमी नीशमले शानदार अर्धशतकीय पारी खेले। एडम रोसिङटनले टोलीका लागि सर्वाधिक ८१ रन बनाए। उनले ६३ बलको सामना गर्दै ७ चौका र ५ छक्का प्रहार गरे।
अन्तिमतिर तीव्र गतिमा रन जोडेका नीशम ५१ रनमा अविजित रहे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। पोखराले आफ्नो इनिङ्सको सुरुवातमा लगातार विकेट गुमाए पनि रोसिङटन र नीशमले पारी सम्हाल्दै टोलीलाई चुनौतीपूर्ण योगफलसम्म पुर्याएका हुन् ।
ओपनर दिनेश खरेल ७ रन बनाएर आउट भए भने कप्तान कुशल भुर्तेलले खाता खोल्न सकेनन्।
लुम्बिनी लायन्सका बलरहरूले कसिलो प्रदर्शन गरे तापनि अन्तिम ओभरहरूमा रोसिङटन र नीशमले आक्रामक ब्याटिङ गरेपछि रनको गति बढेको थियो। लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले उत्कृष्ट बलिङ गर्दै २/२ विकेट लिए। गुल्बादिन नायबले ४ ओभरमा २० रन दिएर १ विकेट लिएका थिए ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया