

जनहित संरक्षण मञ्च (प्रो पब्लिक) द्धारा कपिलवस्तुमा ‘मेलमिलाप’ सम्बन्धी आधारभूत तालिम प्रदान





पुर्ण चन्द्र परियार, कपिलवस्तु | बुद्धभूमि नगरपालिका, कपिलवस्तु र जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को संयुक्त आयोजनामा “हाम्रो समस्या, हाम्रै समाधानः मेलमिलाप” भन्ने मूल नाराका साथ गोरुसिङ्गे, कपिलवस्तुमा मेलमिलाप सम्बन्धी आठ दिने (४८ घण्टे) आधारभूत तालिम सम्पन्न भएको छ ।
प्रो पब्लिकद्वारा कार्यान्वयनमा रहेको नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि सञ्चालित परियोजनाको उद्देश्य अनुसार, स्थानीय तहमा उत्पन्न हुने विवादहरूलाई समुदायकै संलग्नतामा दीगो रूपमा समाधान गर्ने लक्ष्यका साथ यसअघि पनि तालिमहरू सञ्चालन गरिएको थियो । यही शृंखलालाई जारी राख्दै, नगरपालिका अन्तर्गतका १० वटा वडामा स्थापना गरिएको मेलमिलाप केन्द्रहरूमा विधिसम्मत, निष्पक्ष र प्रभावकारी रूपमा विवाद समाधान गर्न व्यवहारिक ज्ञान र सीपयुक्त थप मेलमिलापकर्ता तयार गरी परिचालन गर्ने लक्ष्यका साथ दोस्रो चरणको यो तालिम आयोजना गरिएको प्रो पब्लिकका कार्यक्रम संयोजक झबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।
तालिम आयोजक संस्था प्रो पब्लिक, मेलमिलाप परिषद् अन्तर्गत मेलमिलापसम्बन्धी तालिम प्रदायक संस्थाको रूपमा सूचीकृत रहँदै आधिकारिक तालिम प्रदान गर्ने स्वीकृति प्राप्त संस्था रहेकोमा संस्थाका प्रशिक्षकद्वय अधिवक्ता कविता पाण्डे, झबिन्द्र प्रसाद अधिकारीले संयुक्त रूपमा तालिमको प्रशिक्षण एवं सहजिकरण गर्नुभएको थियो ।

तालिममा मेलमिलापसम्बन्धी कानुनी प्रावधानदेखि लिएर, सञ्चार सीप, सहजिकरण सीप, गुण तथा भूमिका, मेलमिलापको चरणगत प्रक्रिया, मानव अधिकार, मनोसामाजिक र प्रशंसनिय दृष्टिकोण लगाएतका एकिकृत विषयवस्तुहरुमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण भएकोमा तालिम २०८२ कार्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म आयोजना भई जम्मा ३० जना स्थानीय अगुवाहरु मेलमिलापर्ताको रुपमा तयार भएको जानकारी गराईएको छ ।
तालिमको समापन कार्यक्रममा तालिम प्राप्त मेलमिलापकर्ताहरुले आफ्नो ब्यक्तिगत ब्यहार परिवर्तनमा सहयोग गरेको, स्वयमसेवाको भवना जागृत भएको र समाजप्रति योगदान गर्न सैद्धान्तिक र ब्यवाहारिक सिप तालिमबाट प्राप्त भई विवाद समाधान गर्न आत्म विश्वाँस बढेको बताउनुभएको थियो । नगर प्रवक्ता एवं वडाध्यक्षको प्रतिनिधित्व गर्दै तेज ब. बस्नेत (तिलक) ले वडााहरुले सक्षम ब्यक्तिहरुलाई तालिम लिनका लागि सिफारीस गरेको कुरा राख्दै फौज्दारी प्रकृतिका विवाद तथा आफ्नो क्षेत्राधिकार बाहिरका विवाद स्थानीय अगुवाहरुले हेर्न तथा मिलाउन नहुने बताउनुभयो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराइले मेलमिलापलाई प्रबद्र्र्धन गर्नका लागि आवश्यक भौतिक र बजेटको ब्यवस्थापन नगरपालिकाले गरिरहेको र यसलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक मिरा थारुले न्यायिक समितिको कार्यलाइ मेलमिलापकर्ताले सहयोग गर्ने कुरामा विश्वास राख्दै सम्पूर्ण सहभागी, आयोजक संस्था र प्रशिक्षकहरुलाई समय र योगदानका लागि धन्यवाद ब्यक्त गर्दै तालिम समापन गर्नुभयो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया