

म्याराथनमा अजयलाई लगातार सफलता, मकवानपुरमा जिते ‘गोल्ड मेडल’


कपिलवस्तु | कपिलवस्तुका म्याराथन धावक अजय पाण्डेलाई एक पछि अर्काे गर्दै लगातार सफलता मिलेको छ । केहि दिन अघि मात्रै चितवनमा उपाधि चुमेका अजयले शनिबार पनि अर्काे प्रतियोगिताको उपाधि चुम्दै गोल्ड मेडलिस्ट बनेका छन् ।
अजयले मकवानपुरमा आयोजना गरिएको ५ किलोमिटर दुरीको खुल्ला म्याराथनमा गोल्ड मेडल हात पारेका छन् । बकैया एथ्लेटिक्स संघ मकवानपुरले आयोजना गरेको उक्त प्रतियोगितामा अजयले उक्त दुरी जम्मा १६ मिनेट ५९ सेकेण्डमा पार गरेका थिए । यस्तै सोही प्रतियोगितामा मकवानपुरका राजकुमार गोले दोस्रो भएका छन् ।
अजयले गत हप्ता चितवनमा आयोजना गरिएको ६ दशमलव ५ किलोमिटर म्याराथनमा पनि गोल्ड मेडल जितेका थिए । लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाबाट एथ्लेटिक्स खेलाडीको रुपमा खेलिरहेका उनले यस अघि दर्जन बढी गोल्ड मेडल हात पारिसकेका छन भने विभिन्न खेलहरुमा उपविजेता समेत बनेका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडरियाका अजयले आफूलाई निरन्तर एथ्लेटिक्समा सक्रिय बनाइरहेका छन् । चितवनबाट उपाधि बोेकेर उनी सोझै मकवानपुर पुगेको बताएका छन् ।
अजयले खुसी हुँदै भनेका छन्, पछिल्ला खेलहरुमा मलाई लागातार गोल्ड मेडल लागिरहेको छ । धेरै खुसी छु । आगामी दिनमा मेरो खेल कौशललाई अझै निखारेर अघि बढ्ने छु ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया