



खैरेनीचाैर सामुदायिक वनकाे २३ औ साधरणसभा सम्पन्न

कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका वडा नं.५/६ स्थित खैरेनीचौर सामुदायिक उपभोक्ता समूहकाे २३ औ साधरणसभा मंगलबार एक कार्यक्रमकाे आयोजना गरि सम्पन्न भएको छ। साधरणसभाकाे वडा न.५का वडाध्यक्ष दुनिकाप्रसाद भुसालले उद्वाटन गरे। साेही अवसरमा बाेल्दै उनले बन संरक्षण गर्न सबैकाे सहकार्य आवश्यक रहेको बताए । बनलाई कस्तो बनाउने भन्ने जिम्मा उपभोक्ताहरूकाे भएकाले वनमा प्रवेश गर्दा निषेधित कुराहरू गर्न नहुने भन्दै बन संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउदै सक्दाे सहयोग गर्ने प्रतिबद्धता गरे । त्यस्तै कार्यक्रममा सव डिभिजन बन कार्यालय माेतिपुरका प्रमुख टेकराज रायमाझी ,वडा न.६ का वडाध्यक्ष करूण टण्डन ,सामुदायिक बन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई लगायतले बाेल्दै सामुदायिक बन जाेगाउन सके धेरै लाभ लिन सकिने भन्दै त्यसका लागि सबै एकजुट हुन आग्रह गरे ।साधरणसभामा सामुदायिक बनका सचिव रामप्रसाद भुसालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बनले गरेका क्रियाकलाप ,उपलब्धि ,सामुदायिक बनका समस्या आर्थिक बर्ष २०८२/८३काे याेजनाहरू र आर्थिक बर्षमा गरिएका कार्यक्रमहरूकाे बारेमा जानकारी गराए। त्यस्तै काेषाध्यक्ष बिमा खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै खैरनीचौर सामुदायिक बन ३९.५हेक्टरमा फैलिएको बताइन् ।उनका अनुसार बनमा ५७१ घरधुरी संख्यामा ३हजार २५१जना उपभोक्ता आबद्व रहेका छन् ।साथै उनले ३६लाख ४१हजार १५१रूपैयाँ बराबरको आयब्याय सार्वजनिक गरिन। सामुदायिक बनकाे प्रङ्गढमा आयोजना गरिएको उक्त कार्यक्रम मन्जु मत्राकाे अध्यक्षता ,माेहन खड्काकाे स्वागत मन्त्ब्यमा सम्पन्न भएको थियो ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया