



अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–३ दुर्घाफाँटमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार कात्तिक १७ गते साँझ पौने ८ बजे निगालीबाट दुर्घाफाँटतर्फ जाँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा दुर्घटना भएको हो।
दुर्घटनामा परेर पाणिनि गाउँपालिका–४ निगालीका १८ वर्षीय गौतम बिक र २४ वर्षीय सागर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि तीनै जनालाई स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्याएका थिए। अस्पतालमा उपचारका क्रममा गौतम बिक र सागर विकको मृत्यु भएको हो ।
त्यसै दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षीय सन्तोष घर्तीको भने प्रारम्भिक उपचार गुल्मीको खर्ज्याङमा गरी थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।
उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण नियन्त्रण बाहिर गएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया