“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !

लिभिङ टुगेदरमा बसेकी महिलालाई हत्याको प्रयास गर्ने भारतीय नागरिक नाटकीय ढंगले पक्राउ, ह्रत्या हुनबाट भाग्यले जोगिएकी महिला ।

कपिलवस्तु । लिभिङ टुगेदरमा बसेकी महिलालाई हत्याको प्रयास गर्ने भारतीय नागरिक नाटकीय ढंगले कपिलवस्तुमा पक्राउ परेका छन । ३ बर्ष देखि लिभिङ टुगेदरमा बसेकी भारत घर भएकी महिलाले आफनो घर परिवार बर्वाद पारेको भन्दै हत्याको प्रयास गर्ने एक भारतीय नागरिक कपिलवस्तुमा नाटकीय ढंगले पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालयमा आयेजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक संतोष आचार्यले घटना बारे जानकारी गराएका हुन । तौलिहवा बहादुरगंज सडक अन्र्गत गत कार्तिक १५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ४ लौसा गाउनिर कार भित्रै आफनो प्रमिकालाई मार्ने प्रयास गरेको आरोपमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर चिल्हिया थानाका ३५ बर्षिय हफिजूल्लाह मुसलमान पक्राउ परेका हुन । युपी ५५ एबी ६९७९ नम्बरका कार भित्र रहेकी भारतको सिद्धार्थनगर घर भई नौगढ भाडमा बस्ने ४० बर्षिया प्रेमिकालाई डोरीले घाटीमा कसेर मार्ने प्रयास गरेका मुसलमानलाई त्यही बाटो हिडने ट्रक चाकलले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन ।

मुसलमानले महिलालाई हत्या गर्न एक अपराधीहरुलाईृ एक लाख सुपारी समेत दिएका थिए । बिवाहको प्रलोभनमा पारेर मुसलमानले प्रेमिकालाई चन्द्रौटा बोलाएका थिए । हत्या गर्ने योजना सहीत मुसलमान, सुपारी लिएका अपराधी र प्रेमिका सोही कारमा बसेर चन्द्रौटा देखि तौलिहवा तर्फ आउदा सो घटना भएको हो । घाटी कसेर कार भित्र मार्ने प्रयास गर्दा प्रेमिकाले हात खुट्टा चलाउदा कारको स्टेरिङमा समेत खुट्टा लागेको थियो । जसले गर्दा कार अन्तै मोडिन पुग्दा ना १ ख ४९५० नम्बरको ट्रकसंग ठोक्किएको थियो । दुर्घटना पछि प्रमिकाले होहल्ला गरे पछि बाच्न सफल भएकी थिईन । ट्रक चालक र सह सहचालकले मुसलमानलाई नियन्त्रणमा लिई बुझाएका थिए । पीडीत महिलालाई भने उद्धार गरी कपिलवस्तु अस्पताल लगिएको थियो । गत असोज ३१ बुटवलसंगै रात बिताएर फकर्नेक्रममा मुसलमानको मोबाईलबाट त्यस रातको सबै फोटाहरु प्रेमिकाले श्रीमतिको मोबाईलमा पठाएकी थिईन । त्यही बेला देखि मुसलमान र उनकी श्रीमति र घर परिवार बिच सम्बन्ध बिग्रिएको थियो । परिवार बिगारेको भन्दै मार्ने योजना अनुसार उनले कोर्ट म्यारिज गर्ने भन्दै प्रेमिकालाई चन्द्रौटा बोलाएका थिए । तर भाग्यबस महिला बाच्न सफल भईन ।

घटना पछि प्रहरीले नाईलन डोरी, गम्छा, एफटि न्युज सच और कुछ नही, अवध न्युज २४ लेखिएको बुम समेत बरामद गरेको छ । बुम समेत फेला परेकोले पक्राउ परेका अभियुक्त मुसलमान संचारकर्मी हुन सक्ने प्रहरीले जनाएको छ । पक्राउ परेको मुसलमान बिरुद्ध पीडीत महिलाले किटानी जाहेरी दिए पछि अदालतबाट ७ दिनको म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरिक्षक आचार्यले बताए ।

प्रतिक्रिया

खबर सबै