



कपिलस्तुका ५ यातायात प्रालिको आन्दोलनपछि मेयर पौडेलको प्रतिबद्धता, कार्यविधि बनाएर समस्या समाधान गर्ने घोषणा

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कार्यविधि बनाएर टेम्पोको व्यवस्थापन गरिने बताएका छन्। पटक पटक ध्यानकर्षण गराउँदासमेत कुनै सुनुवाई नभएको भन्दै कपिलस्तुका ५ यातायात प्रालिले आइतबार बिहानदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि तौलिहवास्थित बसपार्कमा पुगेर मेयर पौडेले सो कुरा बताएका हुन्।
मेयर पौडेलले ५ वटै यातायात प्रालिका प्रतिनिधि र टेम्पो व्यवसायीसँग सामुहिक छलफल गरी कार्तिक २५ गते भित्र निकास निकाल्ने समेत बताए । नयाँ सिडियोसँग समेत छलफल गरिने उनले बताए । शिवराज, बुद्धभूमि र बाणगंगा नगरपालिकाले टेम्पो व्यवस्थापनका लागि बनाएको कार्यविधि मगाएर अध्यनन समेत गरिने र व्यवसायीसँग छलफल गरी कार्यविधि बनाईने बताए । उनले कार्यविधिको पालिकामा ड्राफ्ट समेत तयार भई सकेको समेत बताए ।
‘टेम्पो व्यवस्थापनका लागि अब ढिलाई गर्दैनौ, चाडै निकास दिन्छौ’ उनले भने । कुराकानी कै क्रममा बसपार्क जीर्ण र फोहर भएको भन्ने यातायात व्यवसायीले गुनासो गरेपछि मेयर पौडेलले बसपार्क व्यवस्थित बनाउन यसवर्ष १० लाख बजेट विनियोजन गरिएको बताए । सबै मिलेर बसपार्कलाई ब्यवस्थित बनाउनु पर्ने उनले बताए । मेयर पौडेलको प्रतिबद्धतासँगै यातायात व्यवसायीले बन्दसहितका आफ्ना सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
चार दिनअघि टेम्पो व्यवस्थापनको माग गर्दै कपिलवस्तु, पश्चिम नेपाल, बुटवल, सिद्धार्थ र कृष्णनगर यातायात प्रालिले तत्कालीन प्रजिअ दिलकुमार तामाङ र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेललाई ज्ञापन पत्र बुझाएका थिए । जथाभावी टेम्पो चलाईदा आफुहरुको रोजरुराटीमा समस्या परेको यातायात व्यवसायीको गुनासो छ ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया