
गौतमबुद्ध साझेदारी वनको १०औं साधारणसभा : ‘वन र मानव सम्बन्ध एकअर्काको पूरक रहेको उल्लेख’

कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिका खडैचामा गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औं साधारणसभा बिहीबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आगामी योजना सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री जानकीप्रसाद यादवले ‘वन र मानवबीचको सम्बन्ध एकअर्काको पूरक हो’ भन्दै वृक्षारोपण र संरक्षणमा सबैले सक्रिय भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा धेरै अतिक्रमित क्षेत्र फिर्ता गराउन सफल भएको स्मरण गरे ।
कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले वन संरक्षण र विकासका लागि स्थानीय तह र वन उपभोक्ता समूहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिका वनसँग साझेदारी गर्न तयार रहेको बताए । जलवायु परिवर्तनका कारण मानवीय जीवनमा परेको प्रभावबारे चिन्ता व्यक्त गर्दै उनले सबैलाई वन संरक्षण अभियानमा सहभागी हुन आग्रह गरे ।
डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत महेन्द्रराज वाग्लेले प्रदेशको कानुन अनुसार राष्ट्रिय वनको व्यवस्थापन अगाडि बढिरहेको बताउँदै २ सय ८८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । उनले नागरिकको सचेत सहभागितामार्फत मात्र अतिक्रमण नियन्त्रण र वृक्षारोपणमार्फत वन विकास सम्भव हुने उल्लेख गरे ।
गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले समूहले पुनरुत्पादन कटान प्लटका साथै विभिन्न स्थानमा १६.३४ किलोमिटर तारबार, ८०.२४ किलोमिटर अग्नि रेखा निर्माण तथा ७२.६२ हेक्टर क्षेत्रमा काँडे तारबारसहित वृक्षारोपण गरेको जानकारी दिए ।
उपाध्यक्ष सिमा अर्यालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले आगामी वर्षमा पनि संरक्षण, मर्मत, अतिक्रमण व्यवस्थापन र सामाजिक विकासका कार्यहरूलाई प्राथमिकतामा राख्ने बताइन् ।
कार्यक्रममा सामुदायिक वनका सदस्य, विभिन्न सामुदायिक वनका अध्यक्ष,जनप्रतिनिधि ,सुरक्षाकर्मी, स्थानीय भद्रभलादमी, पत्रकार लगायत हरूको उपस्थित रहेको थियो।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया