दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि व्यवसायीहरुले आन्दोलन गर्दै

बुटवल | रुपन्देहीका दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी व्यवसायीहरुले आजदेखि आन्दोलनको सुरुवात गर्दैछन् । सरकारले आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महशुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरुले आन्दोलित बनेका हुन् ।

उद्योगहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत आज धर्नामा बस्ने जानकारी दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले आज बिहान ११ देखि १२ बजेसम्म नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए । अन्य कार्यक्रमपछि पछि सार्वजनिक गरिने उनले जानकारी दिए । माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै जाने उद्योगीहरुले बताएका छन् । अध्यक्ष आचार्यका अनुसार रुपन्देहीमा १३ वटा उद्योगमा विद्युत लाइन काटिएको छ । टाइन काटिएसँग ति उद्योगहरु बन्द हुँदा २४ हजार बढीको रोजगार समेत संकटमा परेको छ ।

प्रतिक्रिया

खबर सबै