
सुनको भाउ आज पनि घट्यो : सुन तोलाको २ लाख ३६ हजार ३००

तिहार बिदापछि सुनको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो ।
त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ भने बढेकाे छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय २० रुपैयाँ रहेकाेमा आज ताेलाकाे दुई हजार नौ सय ६५ रुपैयाँ पुगेकाे छ । चाँदीको भाउ आइतबार तोलाको ३ हजार १५ रुपैयाँ थियाे । हिजोको तुलनामा चाँदी आज तोलामा ४५ रुपैयाँले बढेको हो ।
गएको असोज ३१ गते सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च थियो । त्यस दिन सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया