

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै



छठपर्वको दोस्रो दिन आज बर्तालुले ‘खरना’ विधि गर्दैछन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् । बर्तालुले स्नान गरी दिनभर निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर देवता र छठी देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्परा छ ।
यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यस्तै, मुख्य दिन भोलि सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अर्घ्य दिइन्छ । छठपर्वको अन्तिम दिन पर्सि मङ्गलवार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर यो पर्वको समापन हुन्छ ।
मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरू–गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावट गरिएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ ।
केही वर्ष पहिलासम्म तराई–मधेशमा सिमित छठ पर्व अहिले काठमाण्डौ उपत्यकासहित पहाड र हिमालसम्म नै मनाउन थालिएको छ । पछिल्ला वर्षहरुमा छठपर्व साझा बन्दै गएको रामनन्दन महेन्द्र विश्वेशर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाले बताउनुभयो ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा







प्रतिक्रिया