



हमासले मुक्त गर्यो बन्धक

एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासले आफ्नो नियन्त्रणमा रहेका २० जना बन्धक मुक्त गरेको छ । सन् २०२३ को ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गरी केहीको हत्या गरेको थियो भने केहीलाई कब्जामा लिई बन्धक बनाएको थियो । त्यसपछि इजरायलीले हमासविरुद्ध सैन्य कारबाही गरेको थियो । यो सैन्य कारबाहीमा करिब ६० हजार प्यालेस्टाइनी मारिएको बताइन्छ ।
ठूलो जनधनको क्षतिपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो । सो सम्झौताअनुसार हमासले बन्धक रिहा गरेको हो । त्यसको बदलामा इजरायलले पनि प्यालेस्टाइनी कैदीहरू मुक्त गरेको छ । इजरायली सेनाले मुक्त बन्धकको तस्वीर पनि सार्वजनिक गरेको छ ।
बीबीसीका गाजा संवाददाता रुश्दी अबुअलूफका अनुसार, रेड क्रसका अधिकारीहरू इसराइली बन्धकहरूको दोस्रो समूहलाई फिर्ता ल्याउन गाजाको खान युनिस पुगेका थिए ।
यसअघि इसराइली सेनाले बताएको थियो कि रेड क्रसका अधिकारीहरू बन्धकहरूको दोस्रो समूहलाई फिर्ता ल्याउन दक्षिणी गाजातर्फ गएका थिए ।
हमासले सात इसराइली बन्धकहरूको पहिलो समूहलाई सोमबार बिहान रिहा गरेको थियो ।
सबै बन्धकहरूको दक्षिणी इसराइलमा स्वागत गरिएको छ । उनीहरूलाई एउटा किट पनि प्रदान गरिएको छ, जसमा इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी सारा नेतन्याहूले लेखेको पत्र, साथै ल्यापटप, मोबाइल फोन, ट्याबलेट र लुगाहरू समावेश छन् ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया