जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ।

आजको छलफलमा जेनजी आन्दोलनको माग र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ।

राष्ट्रपति पौडेलले यसअघि शुक्रबारमात्रै अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए।

प्रतिक्रिया

खबर सबै