

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई खरिदमा भ्रष्टाचार, १३ जनाविरुद्ध मुद्दा दायर



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।
अख्तियारले प्रतिष्ठानमा एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विहिबार विशेष अदालत काठमाडौँमा मुद्धा गरेको जनाएको छ । अख्तियारले एमआरआई खरिदमा हालसम्म ९ करोड १९ लाख ५३ हजार ७४२ भुक्तानी गरेको भन्दै सोहि बमोजिमको बिगो दाबि गर्दै मुद्धा दायर गरिएको जनाएको छ । प्रतिष्ठानमा एमआरआई खरिदमा १२ करोड ७ लाख ६० हजार ९४६ देखाइएकोमा खरिदको लागि ११ लाख ४५ हजार कबोल गरिएको देखिएकाले ६२ लाख ६० हजार रकम आर्थिक भार पुर्याएको आरोप लगाएको छ ।
मुद्धा दायर गरिएकाहरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाश प्रसाद देव, प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगंज, काठमाडौँका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानका शाखा अधिकृत छायाँ डि.सी., शाखा अधिकृत श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवाली रहेका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया