



कपिलवस्तुमा मतदाता नामावली दर्ता थालियो, बिहान देखि साँझसम्मै भिड

कपिलवस्तु | प्रतिनिधिसभाको फागुन २१ मा हुने निर्वाचनका लागि जिल्लामा मतदाता नामावली दर्ता गर्नेमा युवा बढी देखिएका छन् । सदरमुकाम तौलिहवास्थित भिक्षु चोकमा रहेको जिल्ला निर्वाचन कार्यालयमा बिहानदेखि साँझसम्म फोटो खिचाउन आउनेमा युवा बढी देखिएका हुन् ।
गएको पाँच दिनमा ३ सय ६६ जनाले मतदाता नामावलीमा नाम समावेश गर्न फोटो खिचाइ आवेदन दिएका छन् । जेन–जी आन्दोलनपछिको परिवर्तनले निर्वाचन घोषणा गरेकाले युवाहरू मतदाता बन्न इच्छुक देखिएका हुन् ।
असोज १०, ११, १२, २० र २१ गरी पाँच दिनमा फोटो खिचाउन आउनेहरू बढेको जिल्ला निर्वाचन अधिकारी कमल भुसालले बताए ।
असोज १३ देखि १९ सम्म दसैं बिदामा कार्यालय बन्द रहेको थियो ।
१७ देखि २२ वर्ष उमेर समूहका ८० प्रतिशत बढी युवा मतदाताका लागि आवेदन दिन आइरहेको निर्वाचन अधिकारी भुसालले बताए । भीड बढ्न थालेपछि सहजताका लागि निर्वाचन कार्यालयले दुईवटा कम्प्युटरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको उनले बताए ।
मतदाता नामावलीका लागि फोटो खिचाउन आउने चहलपहल बढेपछि बजारमा चहलपहल पनि बढेको छ । निर्वाचन घोषणासँगै निर्वाचन आयोगले अध्यादेश ल्याएर आगामी कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो ।
गत ०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कपिलवस्तुमा १ लाख ७६ हजार १ सय ५ महिला, २ लाख २ हजार १ सय २५ पुरुष र दुई जना तेस्रो लिंगी गरी ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका थिए ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया