

वेस्ट इन्डिजसँग नेपालले दोस्रो खेल खेल्दै



नेपालले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाको दोस्रो खेल आज खेल्नेछ।
पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो।
१३ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो । नेपालले आजको खेल पनि जितेर एक खेल अगावै शृंखला जित्ने दाउमा हुनेछ ।
पहिलो खेलमा नेपालका सबै खेलाडीले आ-आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । आज पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा रहनेछ ।
नेपालले वेस्ट इन्डिजसँग भोलि मंगलबार अन्तिम खेल खेल्नेछ ।
यो पनि पढ्नुहोस
यसरी सम्भव भयो वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम
वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया