

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, दस जना घाइते



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरिचोकस्थित पूर्व पश्चिम राजमार्गमा काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह अनुसार काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस उमरिचोकमा दुर्घटना भएको हो ।
बसमा सवार ३५ जना यात्रुमध्ये १० घाइते भएको उहाँको भनाइ छ । घाइतेको चन्द्रौटास्थित सन्जिवनी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । बस अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टेको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया