

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, भोलि उड्ने


नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ । भिसा पाएसँगै टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
जेन–जी आन्दोलनकै क्रममा हजारौँ कैदी जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा रोक्दै आएको थियो । केही दिनअघि मात्र खेलाडीहरूले भिसाका लागि आवेदन दिएका थिए । नियमित प्रक्रियाबाट ढिलाइ भएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग पहल गरेको हो ।
वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी– २० शृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरिसकेको छ । टिकट बिक्री अनलाइनमार्फत सुरु भइसकेको छ ।
नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा तीनवटा टी–२० म्याच खेल्नेछ । प्रतियोगिताको सम्पूर्ण खर्च र व्यवस्थापन क्यानले नै गर्ने जनाइएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया