



खण्डहर बनेका तीन राजनीतिक दलका कार्यालय (तस्बिरहरु)

भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न इतिहासिक संरचना लगायत भौतिक संरचनामा ठूलो क्षति पुग्यो ।
देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरु प्रतिको वितृष्णाले निम्त्याएको परिणाम थियो जेनजी आन्दोलन । जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए ।
सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । कार्यालयको प्रवेशद्वारदेखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरी भएको कार्यालय क्षतिको विवरण संकलन गर्न लागेको जनाएको छ ।
जेन जी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांस संरचना खरानी भएका छन् । सोमबार एमालेका महासचि शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झण्डा राखेका थिए ।
पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेन जी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांस संरचना जलेर नष्ट भएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया