

ईस्लाम धर्मावलम्बीले मनाए कपिलवस्तुमा ‘मोहम्मद डे’


कपिलवस्तु | ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको एक हजार पाँच सयौं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार यहाँ मनाइएको छ ।
सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर र महाराजगन्जलगायत विभिन्न क्षेत्रमा मुस्लिम समुदायले बाजागाजासहित र्याली, सभा र सामाजिक सेवामुखी कार्यक्रम गर्दै मोहम्मद डे मनाएका हुन् ।
तौलिहवास्थित बुद्ध पद्म माविको खेल मैदानबाट सुरु भएको र्याली नयाँटोल हुँदै गौढीचोक भवानी भिक्षुचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर समापन भएको थियो ।
मोहम्मद डे का दिन मुस्लिम परिवारले घर–घरमा हरियो झन्डा राख्ने चलन रहेको मुस्लिम अगुवा रउफअहमद खाले बताए । साथै यस दिन गरिब तथा असहायलाई भोजन खुवाउने र सहयोग गर्ने परम्परा रहेको उनले बताए ।
मुस्लिम धर्मगुरुका अनुसार पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा बिबी अमिनाको कोखबाट भएको थियो । ईस्लाम धर्मका अन्तिम सन्देशवाहकसमेत रहेका उनले ६३ वर्षको उमेरमा मदिनामा देहत्याग गरेका थिए ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया