
भारतका प्रधानन्यायाधीश गवई बुद्ध जन्मस्थल लुम्बिनीमा

लुम्बिनी | भारतीय सर्वोच्च अदालतका प्रधानन्यायधीश भूषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिरमा बौद्ध परम्पराअनुसार भिक्षु लामाको पाठसहित उनले पूजाआजा गरेका थिए । आफू भारतको प्रथम बौद्धिष्ट प्रधानन्यायधीश भएकाले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने चाहना रहेको त्यो पूरा हुँदा खुसी भएको उनले बताए ।
लुम्बिनी विकास कोष उपाध्यक्ष ल्याहारक्याल लामाले लुम्बिनी गुरुयोजना, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वबारे जानकारी गराएका थिए । प्रधानन्याधीशले गवईले विश्व शान्ति, मानव कल्याण र नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै द्वीप प्रज्वलनसमेत गरे ।
उनी काठमाडौंमा आयोजित दुई दिने नेपाल-इन्डिया जुडिसियल डायलमा सहभागी हुन आएका थिए । शनिबार लुम्बिनी आएर काठमाडौं फर्किएका छन् ।
प्रधानन्यायधीश गवईलाई कोषका उपाध्यक्ष ल्हारक्याल लामा र सदस्य–सचिव सानुराजा शाक्यसहित कोषका अधिकारीले स्वागत गरेका थिए । गवाईलाई उपाध्यक्ष डा. लामाले बुद्धको मूर्ति उपहार प्रदान गरेका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा नेपाल आएका गवई भारतका ५२ औं प्रधानन्याधीश हुन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया