
कपिलवस्तुमा नक्कली बम राख्ने मुख्य योजनाकार तीन महिनापछि पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित पान पसलको खाटमुनी चेतावनीसहितको कुकर बमजस्तो देखिने शंकास्पद वस्तु (हाेक्स) राख्ने घटनाका मुख्य योजनाकार करिब तीन महिनापछि पक्राउ परेका छन्।
कपिलवस्तु प्रहरीले कपिलवस्तु नगरपालिका– ११ रेहराका हाकिम अलि मुसलमानलाई उनकै घरबाट पक्राउ गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रितेन्द्रकुमार सिंहले जानकारी दिए। यसअघि नै सो घटनामा सुद्धोदन गाउँपालिका– ६ मनखोरियाका कपिलदेव लोनिया र सुशील कुमार लोनिया पक्राउ परेका थिए।
गत जेठ १७ गते बिहान ६ बजेतिर तारले बेरिएको अवस्थामा कुकर बमजस्तो देखिने वस्तु फेला परेको थियो। कुकरमा चेतावनीसहितको पर्चा टाँसिएको थियो। अभियुक्तलाई अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको कपिलवस्तु प्रहरीले बताएको छ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया