

रेसुङ्गामा झण्डै डेढ महिनापछि उडान



गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु भएको छ । मौसम प्रतिकूलताका कारण बन्द भएको झण्डै डेढ महिनाभन्दा बढी समयपछि रेसुङ्गामा नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो । गत साउन १० गते अन्तिम उडान भएपछि मौसम खराबीका कारण झण्डै डेढ महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान नभएको विमानस्थलका प्रमुख प्रशान्त गौतमले जानकारी दिनुभयो । विमानस्थलका प्रमुख गौतमका अनुसार मौसममा सुधार आउन थालेसँगै बिहिबारदेखि उडान सुरु भएको हो ।
वर्षायाममा मौसम प्रतिकूलताका कारण यस विमानस्थलबाट उडान प्रभावित भएको थियो। विशेषगरी असार र साउन महिनामा यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गरेको छ। यहाँका यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार पटक उडान हुने व्यवस्था मिलाइएको बताइएको छ। यस विमानस्थलबाट हप्ताको चार दिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो। रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः१० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः१० बजे उडान हुने समय तालिका छ ।
गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा छ। हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरू घुम्नका लागि गुल्मीमा आउने गरेका छन्। रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि सात हजार ३०० रुपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार ५०० रुपियाँ भाडा कायम गरिएको विमानस्थल प्रमुख गौतमले बताउनुभयो ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको थियो । ३५ करोड रुपियाँभन्दा बढी लगानीमा निर्माण भएको रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर छ । विमानस्थल कुल १५६ रोपनी जग्गामा फैलिएको छ । विमानस्थल निर्माणका लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया