

नागरिकलाई मोबाइल कलमार्फत सूचना दिँदै राप्ती गाउँपालिका



दाङ : दाङको राप्ती गाउँपालिकाले पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पुर्याउन सुरु गरेको छ ।
गाउँपालिकाले प्रविधिको उपयोग गर्दै सूचना तथा जानकारीलाई छिटो र प्रभावकारी ढङ्गले सम्प्रेषण गर्नका लागि ‘नागरिक सूचना प्रणाली’ कार्यान्वयनमा ल्याएको छ ।
नागरिक सूचना प्रणालीअन्तर्गत पहिलो चरणमा करिब दस हजार नागरिकका मोबाइल नम्बर सङ्कलन गरी फोनमार्फत सूचना प्रवाह गर्न थालिएको सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले जानकारी दिनुभएको छ ।
शाखा प्रमुख गुरुङका अनुसार बाँकी अन्य नागरिकको मोबाइल नम्बर सङ्कलन गर्ने काम क्रमशः भइरहेका छ । उहाँका अनुसार यसका लागि नेपाल टेलिकमको १० र एनसिएलका १० गरी २० वटा नम्बर प्रयोग गरी एउटै समयमा धेरै जनाको मोबाइलमा फोन पुग्ने व्यवस्था गरिएको छ । फोन गएको बेलामा नागरिकले उठाउना साथ पालिकाको सूचना सुन्न सक्ने छन्।
कुनै कारण फोन नउठाएमा केही समयपछि पुनः स्वचालित रूपमा सोही नम्बरमा कल जाने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिको नम्बरमा अधिकतम दुई पटकसम्म फोन आउने व्यवस्था गरिएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यस प्रणालीले पालिकाका सूचना र निर्णयहरू सबै नागरिकसम्म समयमा पुर्याउन सहयोग गर्ने बताउनुभयो ।
प्रविधिको सदुपयोगमार्फत पारदर्शीता, उत्तरदायित्व र सेवामा सहजता ल्याउने भन्दै अध्यक्ष विष्टले भन्नुभयो,‘पालिकाले केही कार्यक्रम गर्दा होस वा नागरिकका लागि आवश्यक सूचना दिदा घरघर गएर भन्न सक्ने अवस्था छैन । फोन गरेर पनि साध्य छैन । त्यही भएर एकैपटक सबै नागरिकलाई सूचना पुग्ने व्यवस्था गर्दैछौ ।’ पहिलो चरणमा दस हजारलाई गरिएको भन्दै बाँकी अन्य नागरिकसम्म सूचनालाई मोवाइलमार्फत पुर्याउने काम भइरहेको छ ।
उहाँका अनुसार यो प्रणालीबाट पालिकाका निर्णय, सेवा, कार्यक्रम र विभिन्न आवश्यक जानकारी नागरिकलाई सहज र समयमै उपलब्ध हुने विश्वास लिएको छ । २०७८ सालको जनगणना अनुसार राप्ती गाउँपालिकामा ५२ हजार एक सय २३ जनसङ्ख्या रहेको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया