
तौलिहवाको पचेहरामा बम विष्फोट

कपिलवस्तुको तौलिहवा चार नम्बर सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१०, पचेहराहाट बजारनजिकै बिहीबार साँझ ६ बजेतिर विस्फोटक पदार्थ विस्फोट हुँदा मुख्य सडक ध्वस्त भएको छ।
बिचसडकमा बमजस्तै ठुलो आवाजसहित विस्फोट भएको स्थानीयले बताएका छन्। प्रहरीले भने सडकभित्र दबेर रहेको विस्फोटजन्य पदार्थ आफैँ विस्फोट भएको हुन सक्ने बताएको छ।
विस्फोटले १० फिट जति गहिरो खाल्टो र चार फिट चौडा सडक ध्वस्त भएको छ। कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले सडकमा दबेर रहेको विस्फोटजन्य पदार्थ विस्फोट भएको बताए।
अस्थायी प्रहरी पोस्ट जहदीका अनुसार सडकखण्डमा ठुलो आवाजमा विस्फोट भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार उक्त विस्फोटबाट सडकखण्डमा क्षति पुगे पनि अन्यत्र कुनै क्षति भएको छैन। घटनाको अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया