

परिवर्तनमा दलित पत्रकारकाे महत्त्वपूर्ण याेगदान :पुर्व अध्यक्ष पन्थी


रामबहादुर गन्धर्ब । पत्रकार महासंघका पुर्व अध्यक्ष शाेभाखर पन्थीले मुलुककाे राजनीतिक परिवर्तनमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल , दलित अगुवाहरूकाे महत्त्वपूर्ण याेगदान रहेको बताएका छन्।उनल्साँ स्कृतिक माध्यमबाट समाज परिवर्तनमा सबै एकजुट हुनुपर्ने बताए ।
सामाजिक न्यायका लागि महिला सशक्तीकरण भन्ने मुल नाराका साथ आइतबार राष्ट्रिय दलित पत्रकार संघ ,नेपाल लुम्बिनी प्रदेशकाे आयोजना तथा अर्घाखाँची जिल्ला शाखाकाे समन्वयमा खुला तीजगीत प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै यस्तो बताएका हुन। अर्घाखाँचीकाे टुडिखेलमा आयोजना गरिएको प्रतियोगितामा ७वटा समूह बिद्यालयकाे सहभागीता रहेको कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न.१ मा रहेको गौरीशंकर बाेडिङ्ग स्कुलले प्रथम स्थान हांसिल गर्न सफल भएको छ भने भूमिका स्थान नगरपालिका ९ मा रहेको भगवती माध्यमिक बिद्यालय द्वित्तिय , मालारानी गाउँपालिका ५ मा रहेको लालीगुँरास आमा समूह तृतीय र सन्धिखर्क नगरपालिका २ मा रहेको भद्रिगाेल आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका थिए। प्रतियोगितामा प्रथमलाई २०हजार द्वित्तियलाई १५हजार ,तृतीयलाई १०हजार र सान्त्वनालाई ५हजार ,प्रमाणपत्र सहित सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ लगायतका अतिथिहरूले सम्मान गरेका थिए।
कार्यक्रममा प्रतियोगिहरूले महिलालाई अधिकार सम्पन्न गराउनुपर्ने ,संबिधान कार्यान्वयनमा महिलाको भूमिका , महिलालाई बिनाकारण मृत्युुवर्ण गर्नुपर्ने लगायतका गित गाउदै महिला कमजोर छैनन् भए पनि उठछन भन्ने कुरा सन्देशमुलक गितका माध्यमबाट प्रस्तुत गरेका थिए। कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरू नारायण बिपि परियार ,सम्झना रणपाल,बिष्णु श्रीपाली वरिष्ठ नृत्य प्रशिक्षक बबित धिताल ,गायक तथा सर्जग धनराज चुनारा लगायतले आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल , बिद्युत्त प्राधिकरण अर्घाखाँची बितरण केन्द्रका प्रमुख तिलाेचन भट्टराई बिभिन्न राजनीति क दलका प्रमुख ,पदाधिकारी जनवर्गीय संगठनका पदाधिकारी, दलित संञ्जालका प्रमुखहरू स्थानीय समाजसेवी ,बुद्धिजीवीहरूकाे बिशेष उपस्थिति रहेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालकाे अध्यक्षता ,सचिव अनिल नेपालीको सञ्चालन र केन्द्रीय सदस्य राधा नेपालीको स्वागत मन्त्ब्य सहित सम्पन्न भएको थियो ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया